सुनसरी घटनाबारे सीके राउतको दाबी- राज्य संयन्त्रको पनि संलग्नता देखिन्छ
nepalpress.com · Fri Jul 31 08:27:30 GMT 2026

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सुनसरी घटनामा राज्यका संयन्त्रहरूको पनि संलग्नता देखिएको दाबी गरेका छन् । प्रधानमन्त्री बालेन शाहसँग भेटेर फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भिडिओ हेर्दा सुरक्षाकर्मीहरू घटनामा आक्रोशित भएर लागेको देखिएको उनले आरोप लगाए ।
उनले भने, ‘निष्पक्ष छानबिन भएर कारबाही हुन्छ भनेर प्रधानमन्त्रीले भन्नुभएको छ । प्रहरी र बल प्रयोगबाट मात्रै यस्तो कुरा समाधान हुँदैन भन्ने कुरा नेपाली सेना, प्रहरीले पनि बुझ्नुपर्छ । त्यो संवादको मार्फत हुनुपर्छ भनेर हामीले सुझाव दिएका छौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)