प्रयोगशाला परीक्षणमा दूषित भेटियो साई कृपा गोल्ड चिया, बिक्री रोक्न निर्देशन
arthasansar.com · Thu Oct 01 02:43:48 GMT 2026

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले साई कृपा गोल्ड चियाको एक ब्याच दूषित भेटिएपछि बजारबाट फिर्ता गर्न आदेश दिएको छ। विभागले प्रयोगशाला परीक्षणबाट खाद्य पदार्थ दूषित पुष्टि भएपछि सम्बन्धित उत्पादकलाई उक्त ब्याचका सबै उत्पादन तत्काल बजारबाट फिर्ता लिन निर्देशन दिएको हो।
विभागका अनुसार बजार अनुगमनका क्रममा संकलन गरिएको नमूना परीक्षण गर्दा रुपन्देहीमा रहेको साई कृपा चिया उद्योग प्रालिले उत्पादन गरेको १ हजार ग्रामको ‘साई कृपा गोल्ड चिया’ दूषित पाइएको थियो। उक्त चियाको ब्याच नम्बर 83.D.05 रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)