मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हल्दीबारीका किसानलाई १८ लाख रुपैयाँका कृषि सामग्री वितरण

ratopati.com · Thu May 14 22:21:36 GMT 2026

झापा । झापाको हल्दीबारी गाउँपालिका–५ ले किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले बिहीबार करिब १८ लाख रुपैयाँ बराबरका कृषि सामग्री वितरण गरेको छ । ‘वडा र किसानको साझेदारी कार्यक्रम’अन्तर्गत खेती प्रणालीमा आधुनिकीकरण प्रवर्द्धन तथा कृषि उत्पादन वृद्धि गर्ने लक्ष्यसहित विभिन्न कृषि सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

वडाध्यक्ष खड्कबहादुर लावतीका अनुसार ३८ जना किसानलाई दुई इन्चको मोटर, ३५ जनालाई १.५ इन्चको मोटर, ३५ जनालाई ठेलागाडा तथा ३० जनालाई इलेक्ट्रोनिक स्प्रे ट्याङ्की वितरण गरिएको छ । त्यसैगरी, मकैखेती प्रवर्द्धनका लागि २० जनालाई मकै रोप्ने मेसिन, २० जनालाई मकै गोड्ने हलो तथा २१ जनालाई मकै छोडाउने मेसिन प्रदान गरिएको उनले बताए । पशुपालनमा संलग्न १६ जना किसानलाई घाँस काट्ने चाप कटरसमेत वितरण गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)