जसले आगो लगाए पनि निभाउने काम हाम्रो हो - गगन थापा
arthasansar.com · Fri Jul 31 08:36:44 GMT 2026

कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट फैलाइने भ्रमपूर्ण तथा मिथ्या सूचनाको प्रभावमा नपर्न स्पष्ट निर्देशन दिएका छन्। पार्टी केन्द्रीय कार्यालयमा भौतिक रूपमा उपस्थित पदाधिकारी, केन्द्रीय सदस्य तथा जुम मार्फत जोडिएका कोशी र मधेस प्रदेशका विभिन्न तहका नेताहरूसँगको विशेष छलफलका क्रममा सभापति थापाले उक्त निर्देशन दिएका हुन्।
जिम्मेवार राजनीतिक नेतृत्वले कुनै पनि विषयमा धारणा बनाउनुअघि अनिवार्य रूपमा सत्यतथ्य जाँच गर्नुपर्नेमा सभापति थापाले विशेष जोड दिएका छन्। नेपाली कांग्रेस मुलुकको मुख्य र अभिभावक शक्ति भएकाले समाजमा देखा पर्ने जटिल परिस्थितिलाई सम्हाल्ने प्रमुख जिम्मेवारी पनि पार्टीकै काँधमा रहेको उनले बताए। पार्टीका कामकारबाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन शनिबार बिदाको दिन पनि केन्द्रीय कार्यालय खुला रहने जानकारी दिँदै उनले पार्टीका कर्मचारी, पदाधिकारी र आफू स्वयम् पनि नेता-कार्यकर्ताको सम्पर्कमा रहने स्पष्ट पारेका छन्। साथै, यसका लागि संसदीय दलका नेता र सांसदहरूलाई समेत परिचालन गरिएको उनले जानकारी गराएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)