२४ लाखभन्दा बढीको अवैध सामान बरामद
barnanmedia.com · Sun Jun 30 23:09:36 UTC 2024

रौतहट प्रहरीले २४ लाखभन्दा बढीको अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरूबाट खटेको गस्ती टोलीले असार १ गतेदेखि १५ गतेसम्म उक्त मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालयकी प्रवक्ता डिएसपी एलिजा गिरीका अनुसार ७ लाख ३ हजार ५७९ रुपैयाँ बराबरको लत्ताकपडा, ३ लाख १ हजार ९८० रुपैयाँको किराना तथा खाद्यान्न, ६ लाख ४ हजार ८०० रुपैयाँ बराबरको औषधी, ८ लाख ५० हजार रुपैयाँ बराबरको सुपारी र विभिन्न सवारी साधन गरी कुल २४ लाख, ६० हजार ३०९ बराबरको अवैध सामान बरामद भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)