सशस्त्र प्रहरीद्वारा सिराहाबाट ११ सय किलो गाँजा बरामद
ratopati.com · Thu Oct 01 03:01:20 GMT 2026

सिराहा । सशस्त्र प्रहरी बलले ११ सय किलो गाँजा सहितको गाडी नियन्त्रणमा लिएको छ । गएराति करिब १ बजे सिराहा जिल्लाको सुखीपुर नगरपालिका -१० विश्वकर्मा चोक गागन खोलापुल बाट गाँजा बोकेको बोलेरो गाडी र मोटर साइकल नियन्त्रणमा लिइएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं.७ गण सुरक्षा वेश गोलबजार र सुरक्षा वेश सुखीपुरको संयुक्त टोलीले बा १४ च २९४ नम्बरको बोलेरो गाडी र स ६ प ४८५९ नम्बरको मोटरसाइकलमा लैजाँदै गरेको गाँजा नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)