मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओली–देउवा भेटले राजनीतिमा तरंग, बन्ला त कांग्रेस–एमाले समीकरण?

barnanmedia.com · Sun Jun 30 23:14:21 UTC 2024

नेपाली कांग्रेस र नेकपा एमाले संवादमा जोडिएपछि मुलुकको सत्ताराजनीतिमा फेरि एकपटक तरंग पैदा भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा शनिबार पत्नी आरजु राणासहित एमाले अध्यक्ष केपी शर्मा ओलीकै निवास बालकोट पुगेर लामो कुराकानी गरेपछि अनेकन अड्कलबाजी सुरु भएका छन् । र लगत्त कांग्रेस सभापति देउवाले पदाधिकारी बैठक बोलाएपछि आशंकामा थप मलपल पुगिरहेको छ ।

त्यसो त कांग्रेस र एमाले मिलाउने प्रयास आज सुरु भएको होइन । २०७९ को आम निर्वाचन सम्पन्न भएलगत्तै सुरु भएको हो । अरु ससाना दलहरु जुटाएर सरकार बनाउन कठिन रहेको र सरकार पनि अस्थिर बन्न सक्ने भएकाले दुई ठूला दल मिलेर राजनीतिक स्थायित्वतर्फ मुलुकलाई लैजानुपर्ने धारणा त्यसबेलैदेखि सुरु भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)