चितवनमा सामाजिक सद्भाव र्यालीको आयोजना गरिने
ratopati.com · Fri Jul 31 09:05:12 GMT 2026

काठमाडौँ। सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न चितवनमा शुक्रबार सद्भाव र्याली आयोजना गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनमा शुक्रबार (आज)बसेको सर्वदलीय बैठकले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सद्भाव र्याली गर्ने निर्णय गरेको हो।
देशका विभिन्न स्थानमा भएका पछिल्ला घटनाहरूका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै बैठकले प्रशासनको समन्वयमा राजनीतिक दलहरूले भरतपुरमा वृहत् सद्भाव र्याली निकाल्ने निर्णय गरेका हो । राजनीतिक दलहरूबिच भएको समन्वयात्मक बैठकले मुख्य ४ बुँदे निर्णय समेत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)