दुई दिन बित्यो, कर्णालीमा मन्त्रिपरिषद् विस्तारको छैन सुरसार
ratopati.com · Fri Jul 31 09:15:00 GMT 2026

सुर्खेत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पदभार ग्रहण गरेको दुई दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तारको सुरसार देखिएको छैन । हालसम्म सत्तारूढ दल नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेबिच मन्त्रालय भागवबन्डा टुङ्गो लाग्न सकेको छैन ।
शाही एमालेको समर्थनमा मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए । बुधबार पद तथा गोपनीयताको शपथ लिँदा सकेसम्म पूर्ण, नभए सानो आकारमै भए पनि मन्त्रिपरिषद् बनाउने सोच बनाएका उनले मन्त्रालय भागबन्डाको टुङ्गो नलागेपछि एक्लै शपथ लिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)