ज्येष्ठ नागरिक ज्ञान र अनुभवका सम्पदा हुन् : मन्त्री बादी
ratopati.com · Thu Oct 01 03:34:01 GMT 2026

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले ज्येष्ठ नागरिकलाई केवल संरक्षण र हेरचाहको विषयका रूपमा नभई ज्ञान, अनुभव, सीप र सामाजिक सम्पदाका रूपमा सम्मान गर्दै राष्ट्र निर्माणमा उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने बताएकी छन्।
३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले परिवार, समाज र राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याएका सम्पूर्ण ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गरिन्। उनले उनीहरूको सुस्वास्थ्य, सुख, शान्ति तथा दीर्घ जीवनको शुभकामना व्यक्त गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)