मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बढ्यो पेट्रोल-डिजेलको मूल्य

rajdhanidaily.com · Sun Jun 30 23:46:31 UTC 2024

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलमा मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रति लिटर पेट्रोलमा रु दुई र डिजेलमा रु पाँचले वृद्धि गरिएको आयल निगमले जनाएको छ ।

निगमको सूचना अनुसार आज बिहानदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य लागू हुनेछ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)