अटिजम भएका विद्यार्थी चर्को शुल्कको मारमा
ekantipur.com · Sat Feb 10 17:30:46 GMT 2024
काठमाडौँ — दुई वर्षकी छोरीलाई अटिजम भएको पत्ता लागेपछि नवलपरासी पूर्वकी रञ्जिता (नाम परिवर्तन) ले काठमाडौं बस्ने सोच बनाइन् । ‘अटिजम भएपछि सुधार गर्ने भने पनि, उपचार भने पनि थेरापी नै रहेछ,’ उनले भनिन्, ‘उता थेरापी गराउने ठाउँ नपाएपछि यता आउनु पर्यो ।’
रञ्जिता, उनका श्रीमान् र दुई सन्तान गरी चार जनाको परिवार अहिले काठमाडौंमा कोठा भाडा तिरेर बसिरहेको छ । एक वर्षदेखि निरन्तरको थेरापीले छोरी पनि सुधारोन्मुख छिन् । अहिले साढे ३ वर्षकी छोरीलाई पढाउन मन्टेश्वरी स्कुल भर्ना गरिदिएका छन् । तर, स्कुलले अटिजम नभएका बच्चाको भन्दा दोब्बर शुल्क लिएर महिनैपिच्छे ढाड सेकेको उनले सुनाइन् । ‘मेरी छोरीलाई अरूलाई भन्दा अलि बढी नै केयर चाहिन्छ, झूट बोलेर राखौं केयर नपाउलिन्, साँचो बोलौं स्कुलले लिनै मान्दैनन् । ‘रिक्वेस्ट’ गरेर राखिमाग्दा दोब्बर शुल्कमा परिन्छ,’ उनले नाम उल्लेख नगर्ने शर्तमा भनिन्, ‘थेरापीसँगै स्कुल पठाउन थालेपछि राम्रो सुधार भइरहेको छ, भोलि समाचार आएपछि अभिभावकले स्कुलका बारेमा यस्तो भन्देछन् भनेर निकालिदिए भने उसको सिकाइको गति नै रोकिन्छ ।’ यसकारण समाचार प्रयोजनका लागि उनको परिवर्तित नाम रञ्जिता राखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)