साफ च्याम्पियनसिप गुमाउँदै नेपाल
kendrabindu.com · Thu Oct 01 03:41:25 GMT 2026
काठमाडौं । नेपालले साफ च्याम्पियनसिप प्रतियोगिता गुमाउने संघारमा पुगेको छ । नेपाललाई सहभागी हुनाका लागि ३० सेप्टेम्बरसम्मको समय दिइएको थियो ।
यसका लागि सबैभन्दा पहिले अखिल नेपाल फुटबल संघ –एन्फा) माथि फिफाले लगाएको निलम्बन फुकुवा हुनुपर्ने थियो । तर प्रतिबन्ध कायम रहेको स्थितिमा नेपालले यो प्रतियोगिता गुमाउने निश्चित भएको छ । सुरुआती सार्क गोल्डकपसहित यसपल्ट साफ च्याम्पियनसिपको १४ औं संस्करण आयोजना हुनेछ । सन् १९९३ यता प्रतियोगिता सुरु भएको मान्ने हो भने नेपालले पहिलो पटक तीन दशकको समयमा यसलाई खेल्ने छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)