टुक्रे योजनामा बजेट छुट्टिएन, ३० हजार धारा जडान गर्नेदेखि गाडी नकिन्नेसम्म घोषणा
ratopati.com · Fri Jun 16 23:22:00 GMT 2023
पोखरा । गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेमगरले आउँदो आर्थिक वर्षको आय र व्ययसहितको अनुमानित बजेट प्रदेशसभा बैठकमा प्रस्तुत गरेका हुन् ।
कुल बजेटमध्ये चालु खर्च १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार अर्थात ३८.०१ र पुँँजीगततर्फ २० अर्ब १९ करोड पाँच लाख ६२ हजार अर्थात ६०.०४ प्रतिशत बजेट विनियोजन गरेका छ । यसअघि चालू आर्थिक २०७९/८० वर्षका लागि प्रदेश सरकारले ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याएको थियो । उत्पादन र उत्पादकत्व अभिवृद्धि तथा कृषिको रुपान्तरण, पर्यटन प्रवर्द्धन, औद्योगिक विकास र रोजगारी सिर्जना, स्वास्थ्य सेवाको सुदृढीकरणमार्फत स्वस्थ जीवनको सुनिश्चितता गर्ने योजनाका अर्थमन्त्री मगरले बजेट घोषणा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)