किन विवादमा आइन कंगना ?
nagariknews.nagariknetwork.com · Fri Jul 31 08:58:40 GMT 2026

अभिनेत्री तथा राजनीतिज्ञ कंगना रनौट हाल चौतर्फी आलोचना तथा गाली खाइरहेकी छन्। उनले हालै दिल्लीको जन्तर मन्तरमा विद्यार्थीद्धारा गरिएको प्रदर्शनकारी माहिलाहरुलाई ‘गटर जनरेशन’ तथा अभद्र शब्दको प्रयोग गरेपछि विवाद सुरु भएको हो।
कंगनाको यो अभिव्यक्तिपछि उनलाई बलिउड कलाकारदेखि राजनीतिज्ञहरुले समेत आलोचना गरिरहेका छन्। जनताहरुले कतिपय स्थानमा उनको तस्बिरमा आगो लगाएर असन्तोष जनाइरहेका छन्। बिजेपीकी सांसद समेत रहेकी कंगनालाई भने ककरोच जनता पार्टीका प्रवक्ता सौरव दास भने उनको उक्त अभिव्यक्तिलाई कुनै खास प्रतिक्रिया जनाएनन्। तर कंगनालाई अन्य कतिपयले गाली गरिरहेका छन्। यही मध्ये अभिनेता सोनू सूदले भने कंगनाको उक्त अभिव्यक्तिलाई लिएर सोचविचार गरेर मात्र बोल्नु पर्ने उल्लेख गरेका छन। विशाल ददलानी तथा साखी सावंनलगायतका कलाकारले उनको आलोाचना गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)