पाकिस्तानको ब्रोड पिक हिमपहिरोमा परेका ४ जनाको शव फेला
annapurnapost.com · Fri Jul 31 09:22:19 GMT 2026

काठमाडौं : पाकिस्तानको काराकोर क्षेत्रमा रहेको ब्रोड पिक हिमपहिरोमा परेकामध्ये ४ जनाको शव फेला परेको छ। बिहीबार बिहान क्याम्प २ बाट क्याम्प ३ आरोहण गर्ने क्रममा हिमपहिरोमा परेका १० जनामध्ये ४ जनाको शव फेला परेको हो। हालसम्म ४ जनाको शरीर भेटिएको भए पनि अन्यको स्थिति अज्ञात रहेको पाकिस्तानी प्रहरीले जनाएको छ।
अल्पाइन क्लब अफ पाकिस्तानले ओमानका नाधिरा अल हार्थी र नेपालका पुर बहादुर गुरुङको पहिचान खुलेको जनाएको छ। आरोहीहरू युके, नेपाल, चीन, ओमान, पाकिस्तानका नागरिक रहेको गिलगिट बाल्टिस्तान प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार चर्चित पर्वतारोही निर्मल पुर्जाले नेतृत्व गरेको उक्त टिममा पुर बहादुर गुरुङ, नवाङ थिन्डु शेर्पा, निमा शेर्पा, किली पेम्बा शेर्पा रहेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)