मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जिम्बाब्वेमा हेलिकप्टर दुर्घटना : प्रमुख व्यापारीसहित ६ जनाको मृ*त्यु

nagariknews.nagariknetwork.com · Thu Oct 01 03:36:36 GMT 2026

बुधबार जिम्बाब्वेको मारोन्डेरा क्षेत्रमा छ जना सवार हेलिकप्टर दुर्घटनाग्रस्त भइ आगलागी भएको छ। हेलिकप्टरमा चार यात्रु र दुई चालक दलका सदस्य सवार थिए। दुर्घटनामा सबै छ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा ४३ वर्षीय प्रख्यात व्यापारी विक्नेल चिवायो र उनकी श्रीमती लुसी मुटेके पनि छन्। चिवायोलाई राष्ट्रपति एमर्सन मनाङ्गाग्वाको नजिकको व्यक्ति मानिन्थ्यो। प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेका छन् र शव पहिचान गर्ने काम गरिरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)