ज्येष्ठ नागरिक ज्ञान र अनुभवका सम्पदा हुन् : मन्त्री बादी
nepalnews.com · Thu Oct 01 03:47:21 GMT 2026

काठमाडौं। महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण मन्त्री सिता बादीले ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको खानीका रूपमा सम्मान गर्दै राष्ट्र निर्माणमा उनीहरूको सक्रिय सहभागितामा जोड दिएकी छन्। ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएकी हुन्।
मन्त्री बादीले यस वर्षको नारा ‘दीर्घायुको युग: दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौँ’ उल्लेख गर्दै ज्येष्ठ नागरिकको योगदान अमूल्य रहेको बताइन्। उनले बदलिँदो सामाजिक परिवेश र आधुनिक जीवनशैलीका कारण उनीहरूको स्वास्थ्य र सुरक्षामा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको जनाइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)