ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हस्तान्तरण गर्न ‘अनुभव बैंक’ स्थापना गर्छौं : मन्त्री बादी
onlinekhabar.com · Thu Oct 01 03:51:56 GMT 2026

१५ असोज, काठमाडौ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले ज्येष्ठ नागरिकलाई केवल संरक्षण र हेरचाहको विषयका रूपमा नभई ज्ञान, अनुभव, सीप र सामाजिक सम्पदाका रूपमा सम्मान गर्दै राष्ट्र निर्माणमा उहाँहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने बताएकी छन् ।
३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले परिवार, समाज र राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याएका ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्दै सुस्वास्थ्य, सुख, शान्ति तथा दीर्घ जीवनको शुभकामना व्यक्त गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)