१२.९६ अंकले बढेको नेप्से २६८५.५४ विन्दुमा अडियो
nepalnews.com · Fri Jul 31 09:43:30 GMT 2026

काठमाडौँ। साताको अन्तिम तथा पाँचौँ कारोबार दिन आज (शुक्रबार) नेप्से दोहोरो अंकले बढेको छ। दिनभर उतारचढाव रहेको नेप्से अन्तत: १२.९६ अंकले बढेर बन्द भयो। यो साता नेप्से लगातार घटिरहेको थियो। नेप्से बढेसँगै आज लगानीकर्ता उत्साही बनेका छन्। अघिल्लो कारोबार दिनको तुलनामा आज कारोबार रकम पनि बढेको छ।
नेप्से बिहीबार १६.२९ अंकले घटेको थियो भने बुधबार ७.७९ अंकले घटेको थियो। यसैगरी मंगलबार ४.६४ अंकले घट्दा सोमबार पनि ३३.२८ अंकले घटेको थियो। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.४८ प्रतिशतले बढ्दै नेप्से २६८५.५४ विन्दुमा रोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)