सम्बन्ध बलियो बनाउने देउवा र मोदीको प्रतिबद्धता
ekantipur.com · Wed Nov 03 01:08:37 GMT 2021
ग्लास्गो, स्कटल्यान्ड — प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले दुई देशबीचको सम्बन्ध बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक ग्लास्गोमा भएको औपचारिक भेटवार्तामा दुवै प्रधानमन्त्रीले द्विपक्षीय सहयोगका विषयमा समेत छलफल गरेका थिए ।
प्रधानमन्त्री देउवाले मोदीसँगको भेट गम्भीर र सुमधुर भएको संक्षिप्त प्रतिक्रिया दिए । ‘मैले उहाँलाई नेपाल भ्रमणको निम्तो दिएँ, उहाँले पनि भारत भ्रमणको निम्तो दिनुभयो,’ उनले भने, ‘द्विपक्षीय भ्रमणबारे काठमाडौं पुगेपछि मितिको टुंगो गरिनेछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)