दलितको घर भत्काउने अभियुक्त गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटीमा छुट्दा विजय उत्सव
ekantipur.com · Fri Mar 28 18:07:04 GMT 2025
सिरहा — औरही गाउँपालिका–५ मा महायज्ञका नाममा अछुत भन्दै दलितको घर भत्काएर उठीबास लगाउने गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटीमा छुटेपछि विजय उत्सव मनाएका छन् । जिल्ला अदालतबाट धरौटीमा रिहा भएका गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवले विजय उत्सवको झल्को दिने गरी शुक्रबार र्याली गरेका हुन् ।
जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा गत चैत ९ गते पक्राउ परेका उनीहरूलाई सिरहा जिल्ला अदालतले शुक्रबार जनही एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो । न्यायाधीश विदुर काफ्लेको इजलासले थुनछेक बसहपछि यस्तो आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)