घरभन्दा पहिले बाँच्ने आधार देऊ
nepalnews.com · Thu Oct 01 04:15:42 GMT 2026

१२ वैशाख २०७२ को महाभूकम्पले रसुवा जिल्लास्थित साबिक हाकु गाविस-८ का छेकु लामाको घर भत्काइदियो। भूकम्पपछिको पहिरोले घरसँगै जग्गाजमिन पनि बगाएर लग्यो। बाँकी रहेको जमिनमा धाँजा फाट्यो।
गाउँमा बस्न नसक्ने अवस्था भएपछि छेकु पनि अरू गाउँलेसँगै सुरक्षित बासस्थान खोज्दै एक दिनको पैदल दूरी पार गरेर तत्कालीन लहरेपौवा गाविस-१ को खाल्टे पुगे। २०७४ को राज्य पुनर्संरचनापछि उत्तरगया गाउँपालिका-१ मा पर्ने खाल्टेमा उनीहरूले कृषि र पशुपालन गरेर जीविकोपार्जन गरिरहेका थिए। तर, १० भदौको भोटेकोशी-त्रिशुली बाढीले खाल्टेको पूरै बस्ती बगायो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)