मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुस्तावासीको दैनिकी असहज

gorkhapatraonline.com · Thu Oct 01 04:28:30 GMT 2026

अविरल वर्षासँगै नारायणी नदीमा आएको भीषण बाढीका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५, सुस्ता क्षेत्रको जनजीवन अझै सहज हुन सकेको छैन । सुस्तामा बाढीले गरेको कटान र पटान (बालुवा जमेको) कारण स्थानीयको जनजीवन अझै पहिलेको अवस्थामा आएको छैन ।

बाढीको उच्च जोखिमका कारण बिपी माध्यमिक विद्यालयको सुरक्षित भवनमा सारिएका करिब एक हजार एक सय विस्थापित सुस्तावासी नदीको बहाब घटेसँगै आआफ्नो घर फर्किएका छन् । घर फर्किए पनि बाढीले बस्ती र खेतबारीमा ठुलो मात्रामा बालुवा र हिलो थुपारिदिएपछि खेतीयोग्य जमिन नष्ट भएको छ भने कतिपय स्थानमा नारायणी नदीले कटान गर्दा जमिन कटानको जोखिम कायमै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)