कर्णालीमा उत्साहित कार्यकर्ताका माझ जनमासले साथ दिँदा हौसिएका ओली
shilapatra.com · Tue Dec 05 16:20:00 GMT 2023
अहिले नेकपा एमाले पुष्पलाल मध्यपहाडी लोकमार्गको यात्रामा छ । १४ मंसिरमा बैतडीको झुलाघाटबाट एमालेले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानको नेतृत्व गर्दै अध्यक्ष केपी शर्मा ओली सिंगो केन्द्रीय कमिटीलाई साथमा लिएर मध्यपहाडी राजमार्गले छोएका जिल्लाका नागरिकसँग भेटघाटमा व्यस्त छन् ।
१ फागुन २०७३ मा पूर्व–पश्चिम महेन्द्रराजमार्गमा मेची–महाकाली यात्रा गरेको एमालेले दोस्रोपटकमा भने मध्यपहाडको यात्रा सुरु गरेको हो । पूर्वको चिवाभञ्ज्याङदेखि पश्चिमको झुलाघाटसम्मको १ हजार ७ सय किलोमिटरको यात्राका क्रममा सुदूरपश्चिम र कर्णाली प्रदेशमा विभिन्न सभा, कोणसभा, अन्तर्क्रिया तथा छलफलमार्फत जनतासँग साक्षात्कार गरी उनीहरूका समस्या ओलीले सुन्ने प्रयास गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)