ज्येष्ठ नागरिकको अनुभव सदुपयोग गर्न ‘अनुभव बैंक’ स्थापना गरिने
nepalnews.com · Thu Oct 01 04:33:56 GMT 2026

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिता बादीले ज्येष्ठ नागरिकहरूको ज्ञान र सीपलाई राष्ट्रिय विकासमा उपयोग गर्ने उद्देश्यले ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ स्थापना गरिने घोषणा गरेकी छन्। ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले यस्तो जानकारी दिएकी हुन्।
मन्त्रालयले ज्येष्ठ नागरिकसँग रहेको बहुमूल्य अनुभव र सीपलाई भावी पुस्तामा हस्तान्तरण गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ। अनुभव बैंकमार्फत ज्येष्ठ नागरिकको ज्ञानलाई डिजिटल प्रविधिको प्रयोग गरी अभिलेखीकरण गरिनेछ। यसरी सङ्कलित अनुभवलाई संस्थागत विकास गर्दै समाज र राष्ट्र निर्माणका लागि उपयोग गर्ने मन्त्रालयको योजना छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)