मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धार्मिक शिक्षा लिन जिल्लाबाहिर

ekantipur.com · Fri Sep 08 00:51:17 GMT 2023

मुगु — मुगमकार्मारोङ गाउँपालिका–१ डोल्फुका लोक्याल लामाले आफ्ना छोराहरूलाई बौद्ध र तिब्बती शिक्षाका लागि संघीय राजधानी काठमाडौं पठाएका छन् । १६ वर्षका छिरिङतुन्डुक ३ वर्षअघि र १४ वर्षका कर्मा गत वर्ष काठमाडौं गएका हुन् । उनीहरूसँगै बौद्धमा डोल्फुका २१ बालबालिका पढ्छन् ।

सोरु–६ जिमा गाउँका १८ वर्षीय मुनराज भट्ट धार्मिक शिक्षाकै लागि चितवनको देवघाट पुगेका छन् । ‘उसको रुचि कर्मकाण्डमा थियो तर कर्णालीभरि पढाइ नै नहुने रहेछ,’ उनका काका कृष्णप्रसाद भट्टले भने, ‘ऋणपान गरेर भए पनि गुरुकुल शिक्षा अध्ययनका लागि उसलाई देवघाट पठाएका छौं ।’ उनकै भतिजा २२ वर्षीया पुन्नऋषि भट्ट पनि गुरुकुल अध्ययनका लागि काठमाडौं गएका छन् । मुनराज १२ र पुन्नऋषि स्नातक तहमा अध्ययन गरिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)