रोनाल्डोले छाडे पोर्चुगलको प्रशिक्षण शिविर
kendrabindu.com · Thu Oct 01 04:36:58 GMT 2026
काठमाडौं । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले बुधबार पोर्चुगलको राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेको पुष्टि गरेका छन् । डेनमार्कविरुद्ध नेसन्स लिगको खेल हुनुअघि कोपेनहेगनमा केही घण्टा तनावपूर्ण बनेपछि उनले शिविर छाडेका हुन् ।
प्रशिक्षक जर्ज जेसुससँग विवाद भएको रिपोर्टहरू सार्वजनिक भइरहेका बेला रोनाल्डोले यस्तो निर्णय गरेका हुन् । रोनाल्डोले इन्स्टाग्राममा लेख्दै राष्ट्रिय टोलीका प्रशिक्षकको पत्रकार सम्मेलनपछि पोर्चुगिज फुटबल महासंघका अध्यक्षसँग कुराकानी गरेर आफूले प्रशिक्षण शिविर छाड्ने निर्णय गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)