मेलम्चीमा आएको बाढीमा ज्वालामुखी फुट्दा देखिने लाभाजस्तो लेदो
ekagaj.com · Wed Jun 16 19:53:41 GMT 2021
मेलम्ची : सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीमा लेदो बगेको छ । जसले स्थानीय बासिन्दालाई थप त्रसित बनाएको छ भने ठुलो जनधनको क्षतिको आशंका गरिएको छ । यद्यपी अहिलेसम्म प्रहरीले बेपत्ता भएकाहरुको एकिन विवरण सार्वजनिक गर्न सकेको छैन । बेपत्ता भएकामध्ये एक बालकको मात्रै शव भेटिएको जनाइएको छ ।
बुधबार बेलूकी पाँच बजेदेखि मेलम्चीमा फेरि बाढी आएको छ । दिउँसो बाढीको सतह घटेपनि बेलूकी आएको बाढीमा भने लेदो मात्रै देखिएको छ । जसले स्थानीय बासिन्दालाई त्रसित बनाएको छ । र, बाढीमा लेदो मात्रै बग्नुले थप आश्चर्यमा पारेको छ । खोलाको किनारासम्म नै लेदो मात्रै देखिनुले बस्ती नै बगाएको हुन सक्ने अनुमान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)