यसकारण चल्यो बरहथवामा गोली, एकको मृत्यु
ekantipur.com · Sat Jan 06 00:53:19 GMT 2024
सर्लाही — स्तरोन्नतिका लागि नगर अस्पताल मधेश प्रदेश सरकारलाई हस्तान्तरणको माग गर्दै कांग्रेससहितका दल तथा उद्योग वाणिज्य संघले शुक्रबार गरेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागी एक जनाको मृत्यु भएको छ भने ८ प्रहरीसहित १० जना घाइते भएका छन् । प्रदर्शनकारीले अचानक नगरपालिका कार्यालय र नगरप्रमुखको निवासमा ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यासका साथै हवाई फायर गरेको प्रहरीले जनाएको छ ।
प्रदर्शन नियन्त्रणमा लिन भन्दै प्रहरीले चलाएको गोली लागेर शुक्रबार बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको हो । घटनापछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार साँझ साढे ५ बजेदेखि शनिबार बिहान ८ बजेसम्मका लागि बरहथवा बजार क्षेत्रमा कर्फ्यु लगाएको छ । बरहथवा–६ स्थित १५ शय्याको नगर अस्पताललाई स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै बरहथवा बजार क्षेत्रमा प्रदर्शन गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)