मध्य पुर्वमा द्वन्द्व फैलिए पछि १० जना नाविकसहित १६ जना भारतीय नागरिकको मृत्यु
canadanepal.com · Fri Jul 31 10:27:11 GMT 2026
काठमान्डौँ -मध्य पुर्वमा द्वन्द्व सुरु भए देखि यस क्षेत्रमा जारी सङकटका कारण दश जना नाविकसहित १६ जना भारतीय नागरिकको ज्यान गएको भारतीय सरकारले संसदलाई जानकारी दिएको छ ।
मध्ये पुर्वमा जारी सङ्टको बीचमा नागरिकहरूको सुरक्षा र स्थिति, हताहत, क्षतिपूर्ति र कूटनीतिक कार्यहरूको बारेमा राज्य सभामा सोधिएका प्रश्नको जवाफ दिँदै, विदेश राज्यमन्त्री कीर्ति वर्धन सिंहले ओमानमा आठ जना, युएईमा चार, कुवेतमा दुई साउदी अरब र इराकमा एक–एक जनाको मृत्यु भएको बताएका छन् । यसको साथै उनले ७५ जना भारतीयहरू घाइते भएको बताएका छन् । जसमा संयुक्त अरब इमिरेट्समा ३२, ओमानमा २४, कुवेतमा १३, कतारमा ४, साउदी अरबमा १ र इजरायलमा १ जना रहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)