मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मेची–महाकाली उद्धार यात्राबाट ४८ सडकआश्रित मानव उद्धार

ratopati.com · Thu May 14 22:37:03 GMT 2026

सुनसरी । मानव सेवा आश्रम तथा आनी छोइङ डोल्मा फाउन्डेसनद्वारा संयुक्त रूपमा सञ्चालन गरिएको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’अन्तर्गत कोशी प्रदेशबाट ४८ जनाको उद्धार गरिएको छ ।

सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार गरिएकामध्ये ३६ जना पुरुष र १२ जना महिला रहेका छन् । झापाबाट नौ जनाको उद्धार गरिएकामा चार पुरुष, पाँच महिला, मोरङबाट सात जना जसमा छ पुरुष, एक महिला र सुनसरीका विभिन्न ठाउँबाट ३२ जनाको उद्धार गरिएको छ । जसमा २६ पुरुष र छ जना महिलाको उद्धार गरिएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)