भुटानी शरणार्थीका समस्या समाधान गर्न पहल गर्ने झापाका सीडीओको प्रतिबद्धता
lokaantar.com

झापाको दमकस्थित बेलडाँगी र मोरङको पथरी–शनिश्चरेमा बस्दै आएका भुटानी शरणार्थीले वर्षौंदेखि भोग्दै आएका समस्या र पीडाका विषयमा सरोकारवालाबीच गम्भीर छलफल भएको छ। शरणार्थीको परिचय, मानव अधिकार, परिवार पुनर्मिलन, स्वदेश फिर्ती तथा तेस्रो मुलुकमा रहेका आफन्तसँगको सम्बन्धलगायतका विषय छलफलमा उठाइएको थियो।
दमकमा आयोजित ‘भुटानी नागरिकको समस्या तथा समाधानसम्बन्धी एकदिने अन्तरक्रिया’ कार्यक्रममा भुटानी शरणार्थी समुदायले लामो समयदेखि भोग्दै आएका समस्या समाधानका लागि स्थानीय तहदेखि जिल्ला प्रशासन हुँदै संघीय सरकारसम्म प्रभावकारी पहल आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)