मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

९/११ जस्तै अर्को महाविपत्ति टर्‍यो: छुरा प्रहारबाट गम्भीर घाइते हुँदा पनि फ्लाईदुबईको विमानलाई सुरक्षित अवतरण गराउने साहसी भारतीय क्याप्टेन स्मित मच्छार

hamrakura.com · Thu Oct 01 00:00:00 GMT 2026

तेल अवीभ। आकाशमा हजारौँ फिट माथि रहेको विमान तीव्र गतिमा जमिनतर्फ खस्न थाल्यो, तब एक पाइलटको अदम्य साहसले सयौँ मानिसको ज्यान मात्र बचाएन, विश्वलाई सन् २००१ को सेप्टेम्बर ११ (९/११) को जस्तै अर्को भयानक उड्डयन आतङ्कवादको साक्षी हुनबाट पनि रोक्यो। दुबईबाट इजरायलको तेल अवीभका लागि उडेको फ्लाईदुबईको 'फ्लाइट एफजेड १०७३'को ककपिटभित्र भएको यो रक्तपातपूर्ण र हिंस्रक घटनाले विश्वभरको उड्डयन सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ।

यस घटनाका वास्तविक नायक हुन्— फ्लाईदुबईमा कार्यरत भारतीय नागरिक तथा विमानका मुख्य पाइलट, क्याप्टेन स्मित मच्छार। आफ्नै सह-पाइलट (को-पाइलट) बाट ककपिटभित्रै छुरा प्रहार भई रक्ताम्मे र गम्भीर घाइते भएको अवस्थामा पनि क्याप्टेन मच्छारले आफ्नो होस र कर्तव्य गुमाएनन्। उनले आफ्नै ज्यान जोखिममा राखेर विमानको नियन्त्रण फुत्किन दिएनन् र साउदी अरबको ताबुकमा बोइङ ७३७ विमानलाई सुरक्षित रूपमा अवतरण गराएर एक अभूतपूर्व साहसिक कार्यको उदाहरण पेस गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)