बालेन निवासमा पुगेर कांग्रेसका नेता कोइरालाद्वारा बालेनका बुवालाई श्रद्धाञ्जली
barnanmedia.com · Tue Dec 09 23:03:09 GMT 2025

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का दिवङ्गत बुवाप्रति श्रद्धाञ्जली अर्पण गर्न मंगलबार दिउँसो शाहको निवास पुगेका छन् ।
आज (मंगलबार) पितृशोकमा रहेका मेयर शाहलाई भेटेर कोइरालाले समवेदना व्यक्त गरेका थिए । मेयर बालेनका बुवाको मंसिर १५ गते उपचारका क्रममा निधन भएको थियो। पिसाब संक्रमण र मधुमेहका कारण स्वास्थ्य जटिल बन्दै गएपछि उनको मृत्यु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)