नेपालकै लामो झोलुङ्गे पुल क्षतिग्रस्त,आवागमन प्रभावित
gorkhapatraonline.com · Thu Oct 01 05:04:20 GMT 2026

कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ र दोधारा चाँदनी नगरपालिका जोड्ने नेपालकै लामो मानिएको दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिग्रस्त भएको छ । मङ्गलबार राति एउटा पिल्लर भासिँदा उक्त पुलमा क्षति पुगेको हो ।
पुल भासिएपछि स्थानीयको आवागमनसमेत प्रभावित बनेको छ । भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामचन्द्र बोहोराले ऐतिहासिक धरोहरका रूपमा रहेको यो पुल भत्किएपछि स्थानीय आवागमन प्रभावित बनेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)