देवानगञ्ज गोलीकाण्ड : सरकारसँग सहमति भए पनि शव बुझेनन् परिवारले, गोलबजारका मृतकसँग पनि सम्झौता हुनु पर्ने अडान
nagariknews.nagariknetwork.com · Fri Jul 31 10:48:15 GMT 2026

सुनसरीको देवानगञ्ज गोलीकाण्डमा मृत्यु भएका दुई युवाको अन्त्येष्टि फेरि अन्योलमा परेको छ। सरकार र पीडित पक्षबीच औपचारिक सहमति भइसके पनि मृतकका परिवार तथा स्थानीयले शव बुझ्न अस्वीकार गरेपछि शुक्रबारका लागि तय गरिएको अन्त्येष्टि कार्यक्रम अनिश्चित बनेको हो।
गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा बिहीबार राति भएको वार्तामा सरकारले पीडित परिवारका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो। सोही सहमतिअनुसार शुक्रबार शव बुझेर अन्त्येष्टि गर्ने तयारी थियो। तर स्थानीयस्तरमा विरोध कायम रहेपछि शव लिन विराटनगर पुगेका परिवारका सदस्यसमेत फर्किएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)