टिपर पल्टिँदा धनुषामा एक जनाको मृत्यु
nepalnews.com · Thu Oct 01 05:23:48 GMT 2026

जनकपुरधाम। धनुषाको मिथिला नगरपालिका–३ लालभित्तिस्थित औरही बाबा बालुवा प्रशोधन उद्योगमा टिपर पल्टिँदा पुरिएर एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार बिहीबार बिहान करिब ७ः२० बजे प्रदेश २–०२–००१ ख ०१७१ नम्बरको टिपरबाट बालुवा–गिट्टी अनलोड गर्ने क्रममा अचानक पल्टिएको थियो। टिपरमा रहेको बालुवा–गिट्टीले उद्योग सञ्चालक रामसागर महतोका ३६ वर्षीय छोरा हरि महतो पुरिएका थिए ।