म्यानमारका राष्ट्रपतिले गरे आसियानको शान्ति योजनाको आलोचना
onlinekhabar.com · Fri Jul 31 11:06:14 GMT 2026

म्यानमारका राष्ट्रपति मिङ आङ ह्लाइङले आसियानको शान्ति योजनाको आलोचना गरेका छन्। पद सम्हालेको करिब चार महिनापछि शुक्रबार संसद्मा बोल्दै उनले सरकारका नयाँ योजनाहरू सार्वजनिक गरेका छन् ।
सन् २०२१ को फेब्रुअरीमा सेनाले आङ सान सुकीको सरकार हटाएपछि म्यानमारमा गृहयुद्ध सुरु भएको थियो। उक्त गृहयुद्धमा परी करिब १ लाख मानिसको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन्। सेनाले गराएको पछिल्लो चुनावपछि मिङ आङ ह्लाइङ राष्ट्रपति बनेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)