नेपालमा व्यावसायिक र विशिष्टीकृत अदालती रिपोर्टिङको आवश्यकता : न्यायाधीश फुयाँल
ratopati.com · Fri Jul 31 11:16:51 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलले नेपालमा व्यावसायिक र विशिष्टीकृत अदालती रिपोर्टिङको आवश्यकता रहेको बताएका छन्। शुक्रबार सर्वोच्च अदालतमा आयोजित ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले न्यायपालिकाको गरिमा र कानूनी जटिलतालाई बुझेर गरिने रिपोर्टिङले मात्र लोकतन्त्रलाई बलियो बनाउने धारणा व्यक्त गरेका हुन् ।
न्यायाधीश फुयाँलले हाल मूलधारका सञ्चारमाध्यमले गर्ने रिपोर्टिङमा संस्थागत वैचारिक झुकाव देखिने गरेको र त्यसले अदालतको वास्तविक छविमा असर पुर्याउने गरेको बताए। अन्तर्राष्ट्रिय अभ्यासको उदाहरण दिँदै उनले भारतका ‘लाइभ ल’ र ‘बार एन्ड बेन्च’ जस्ता सञ्चारमाध्यमहरूले केवल न्यायपालिका र कानूनी क्षेत्रका समाचार मात्र सम्प्रेषण गर्ने गरेको उल्लेख गरे। नेपालमा पनि त्यस्तै विशिष्टीकृत पोर्टलहरूको आवश्यकता रहेको र त्यस्ता माध्यममा कानूनी क्षेत्रमै अभ्यस्त भएका व्यक्तिहरूले रिपोर्टिङ गर्दा सूचनाको आधिकारिकता बढ्ने उनको तर्क छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)