निसान टेकटन नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक हुने
annapurnapost.com · Fri Jul 31 11:20:23 GMT 2026

काठमाडौं : नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले विश्वबजारमा हालै सार्वजनिक गरिएको अल-न्यू निसान टेकटनलाई नेपालमा पहिलो पटक नाइमा मोबिलिटी एक्स्पो २०२६ मार्फत सार्वजनिक गर्न लागेको छ। उक्त प्रदर्शनी अगस्ट ११ देखि १६, २०२६ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ।
विश्वव्यापी रूपमा ९ जुलाई २०२६ मा सार्वजनिक गरिएको निसान टेकटन, निसानको नयाँ प्रिमियम एसयुभी हो, जसले कम्पनीको एसयुभी लाइनअपमा महत्वपूर्ण थपको रूपमा स्थान बनाएको छ। आकर्षक डिजाइन, प्रिमियम सुविधा, अत्याधुनिक प्रविधि तथा उत्कृष्ट कार्यसम्पादनको संयोजनसहित टेकटनले नेपालका ग्राहकलाई निसानको नयाँ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)