'खल्ती'मार्फत डिम्याट तथा मेरो सेयर नवीकरण गर्दा शतप्रतिशत क्यासब्याकको अवसर
baahrakhari.com · Fri Jul 31 11:34:13 GMT 2026

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती)ले डिम्याट तथा मेरो सेयर खाता नवीकरण गर्ने समय नजिकिँदै गर्दा आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै ‘१०० प्रतिशत उपहार’ योजना सञ्चालनमा ल्याएको छ । यस योजनाअन्तर्गत खल्तीमार्फत डिम्याट तथा मेरो सेयर नवीकरण गर्ने हरेक १५ दिनमा १०० जना भाग्यमानी प्रयोगकर्ताले १०० प्रतिशत क्यासब्याक जित्ने अवसर पाउनेछन् । यो योजना साउन महिनाको अन्त्यसम्म सञ्चालन हुनेछ ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडले डिम्याट खाताको वार्षिक नवीकरण शुल्क साउन १५ गतेभित्र भुक्तानी गर्न अनुरोध गरेको छ । तोकिएको समयभित्र शुल्क नबुझाएमा साउन १६ गतेदेखि डिम्याट खाता रोक्का हुनसक्नेछ । डिम्याट खाता रोक्का भएपछि सेयर खरिद–बिक्री लगायतका पुँजीबजारसम्बन्धी कारोबारमा असर पर्नसक्ने भएकाले समयमै नवीकरण गर्नु आवश्यक हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)