धनुषामा टिपर पल्टिँदा क्रसर सञ्चालकको मृत्यु,चालक गम्भीर
annapurnapost.com · Thu Oct 01 05:42:52 GMT 2026

ढल्केवर (धनुषा) : धनुषामा ग्रावेल अनलोड गर्ने क्रममा टिपर पल्टिँदा क्रसर सञ्चालकको मृत्यु भएको छ । बिहीबार मिथिला नगरपालिका–३ लालभित्तीस्थित औरही बाबा बालुवा प्रशोधन उद्योगमा ग्रावेल अनलोड गर्ने क्रममा टिपर पल्टिँदा क्रसर सञ्चालक स्थानीय ३६ वर्षीय हरि महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक उदय शम्शेर जबराले जानकारी दिए ।