मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

यूएई यात्रामा नेपथ्य, के भन्छन्– अमृत गुरुङ

baahrakhari.com · Thu Oct 01 05:47:27 GMT 2026

काठमाडौं । साउथ कोरियाको सफल कार्यक्रमपछि नेपथ्यले अब संयुक्त अरब इमिरेट्स (यूएई)को प्रमुख सहर दुबईमा आगामी साता सांगीतिक प्रस्तुति दिने भएको छ । ‘इन्टरनेट सिटी’स्थित ‘दी अजेन्डा’ हलमा अक्टोबर ४ (असोज १८) गते नेपथ्यको कन्सर्ट हुन लागेको हो । नेपथ्यको यो चौथो यूएई यात्रा हुनेछ ।

नेपथ्यले यसअघि तीनवटै कन्सर्ट आइस हकी खेलिने त्यहाँको ‘अल नासेर लिजर ल्यान्ड’मा गरेको थियो । यो पाला भने व्यवस्थित कन्सर्ट गर्न थप सुविधासहितको नयाँ स्थान चयन गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)