मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ऋत र ग्रिनल्यान्ड विजयी

ekantipur.com · Sun Jul 17 01:03:29 GMT 2022

काठमाडौँ — ऋत एकेडेमी ‘ए’ र ग्रिनल्यान्ड ‘बी’ प्रथम एन्जल्स एसईई कप थ्री अन थ्री छात्र बास्केटबल प्रतियोगितामा सेमिफाइनल पुगेका छन् । शनिबार ऋत ‘ए’ ले महामञ्जुश्रीलाई १०–८ स्कोरले पराजित गर्‍यो । ग्रिनल्यान्ड ‘बी’ ले न्यु जेनिथ ‘ए’ माथि ८–७ स्कोरको जित पायो ।

मनमैंजुस्थित आयोजकको कोर्टमा भइरहेको प्रतियोगितामा नवज्योति र न्यु जेनिथ ‘बी’ ले पनि सेमिफाइनलमा स्थान बनाए । नवज्योतिले ऋत ‘बी’ लाई ७–४ र न्यु जेनिथ ‘बी’ ले लालीगुराँसलाई ८–७ ले हराए । सेमिफाइनलमा नवज्योतिको भेट न्यु जेनिथ ‘बी’ तथा ऋत ‘ए’ ले ग्रिनल्यान्ड ‘बी’ को सामना गर्नेछन् । प्रतियोगिताको उद्घाटन आयोजक एन्जल्स हार्ट कलेजका प्रिन्सिपल दिलबहादुर बुढाथोकीले गरे । विजेता र उपविजेताले नगद पुरस्कारसहित छात्रवृत्ति पाउनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)