टिप्पणी : ओली र दाहाल विगतको कमजोरी सच्याउन तयार भएका हुन् ?
ekantipur.com · Thu Mar 07 16:52:03 GMT 2024
काठमाडौँ — प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सरकारको नेतृत्व आलोपालो गर्ने समयबारे सहमति सार्वजनिक भएको छैन । फागुन २१ मा चार दलबीच लिखित सहमतिमा ‘सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गर्ने’ मात्र उल्लेख छ ।
एमाले नेताहरू आलोपालो सरकारको कार्यकालबारे बोल्न चाहँदैनन् । प्रधानमन्त्री दाहालले ‘यति समय म सरकारको नेतृत्व गर्छु, अनि ओलीलाई हस्तान्तरण गर्छु’ भनेका छैनन् । किनकि उनी सकेसम्म धेरै समय सरकारको नेतृत्व गर्न चाहन्छन् । योसँगै प्रश्न उठ्छ, के ओलीले ०८४ सालसम्म दाहाललाई सरकारको नेतृत्व छाड्न सक्लान् ? एमाले नेताहरू त्यसलाई नकार्छन् । सरकारको नेतृत्व ओली र दाहालले आलोपालो गर्नेबारे सैद्धान्तिक सहमति भए पनि यो गठबन्धन चल्दै गर्दा बीचमा केही राजनीतिक दुर्घटना हुन सक्ने आशंका एमाले, माओवादी नेताहरूमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)
झलनाथ खनाल
नेकपा एमाले
माधवकुमार नेपाल