मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लालबहादुरले यसरी पाए न्याय

ekantipur.com · Wed Aug 02 00:41:07 GMT 2023

विराटनगर — ठगी मुद्दामा जिल्ला अदालत सुनसरीको आदेशले थुनामा रहेका लालबहादुर विश्वकर्मालाई उच्च अदालत विराटनगरले थुनामुक्त गर्न आदेश दिएको छ । इटहरी–१९ बरमपुर फूलबारी टोलका गोपाल भन्ने लालबहादुरलाई मंगलबार उच्च अदालतले सफाइ दिएको उच्च अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियाले जानकारी दिए ।

न्यायाधीश विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले सुनसरी जिल्ला अदालतकी तत्कालीन न्यायाधीश निर्मला योङ्याको ०७८ पुस १९ को आदेशलाई उल्टाउँदै लालबहादुरलाई दुवै कसुरमा थुनामुक्त गर्न आदेश दिएको हो । सुनसरीको झुम्का कारागारमा रहेका लालबहादुरले उच्च अदालतमा पुनरावेदन दिएको नौ महिनापछि नवौं पेसीमा सफाइ पाएका हुन् । उनले मंसिर २१ मा उच्चमा पुनरावेदन गरेका थिए । यसअघि तोकिएका आठवटा पेसीमा एक पेसीमा प्रत्यर्थी (झझी) झिकाउने, अर्कोमा प्रमाण झिकाउने आदेश हुँदा चारवटा पेसी हेर्न नमिल्ने र दुई स्थगित भएका थिए । तत्कालीन न्यायाधीश

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)