मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लमजुङ प्रदेश (२) मा कांग्रेसका पौडेल विजयी

ekantipur.com · Wed Nov 23 18:53:34 GMT 2022

लमजुङ — लमजुङ प्रदेश (२) मा नेपाली कांग्रेसका भेषबहादुर पौडेल निर्वाचित भएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णप्रसाद अधिकारीलाई ७ सय ५४ मतान्तरले पछि पार्दै पौडेलले ५ वर्षका लागि प्रदेशसभाको यात्रा तय गरेका हुन् ।

क्व्होलासोंथर गाउँपालिका, मध्यनेपाल, सुन्दरबजार र बेंसीसहर नगरपालिकाबाट ४१ हजार ८ सय ५७ मत खसेकोमा १९ हजार ५ सय ५७ मत पाए । प्रतिद्वन्द्वी अधिकारीले १८ हजार ८ सय ३ मत पाए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)