ई-पासपोर्ट छपाई प्रकरण: जर्मन कम्पनीका नेपाली एजेन्ट सिद्धार्थ थापालाई साधारण तारेखमा छाड्न आदेश
techpana.com · Fri Jul 31 11:51:56 GMT 2026

काठमाडौं । राहदानी विभागको विद्युतीय राहदानी (ई-पासपोर्ट) छपाइ र प्रणाली खरिद सम्बन्धी ठेक्का प्रक्रियामा भएको भ्रष्टाचार मुद्दामा प्रतिवादी रहेका सिद्धार्थ थापालाई विशेष अदालतले साधारण तारेखमा छोड्ने आदेश दिएको छ । जर्मन कम्पनी ‘भेरिडोस जीएमबीएच’ का नेपाली एजेन्ट थापा शुक्रबार (१५ साउन) विशेष अदालतमा हाजिर भएका थिए । यसअघि फरार सूचीमा रहेका थापा अदालतमा उपस्थित भएपछि उनको बयान लिइएको थियो ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश वासुदेव आचार्य र सदस्य न्यायाधीश हेमन्त रावलको इजलासले थापालाई मुद्दा पुर्पक्षका लागि साधारण तारेखमा राख्ने आदेश दिएको अदालतका उपरजिस्ट्रार एवम् प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए । उनका अनुसार थापाको बयान र दुवै पक्षको प्रारम्भिक बहसपछि उनलाई थुनामा राख्न वा धरौटी माग्न आवश्यक नदेखिएको भन्दै साधारण तारेखमा छाडिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)