मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अनलाइन घोटालाविरुद्ध वैश्विक पहल

barnanmedia.com · Fri Dec 19 21:15:00 GMT 2025

अनलाइन घोटालाको तीव्र फैलावटविरुद्ध अन्तर्राष्ट्रिय स्तरको समन्वित प्रयास अघि बढाउने उद्देश्यले थाइल्यान्डको पहलमा नयाँ विश्वव्यापी अभियान सुरु गरिएको छ । विशेष गरी दक्षिणपूर्व एसियामा आधारित आपराधिक सञ्जालहरूले विश्वभरका पीडितहरूबाट हरेक वर्ष अर्बौं डलर ठगी गरिरहेको पृष्ठभूमिमा यो कदमलाई महत्त्वपूर्ण मानिएको छ ।

थाइल्यान्डको विदेश मामिला मन्त्रालय र लागुऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यालय (युएनओडिसी) को संयुक्त आयोजनामा बुधबार र बिहीबार बैङ्ककमा सम्पन्न दुई दिने सम्मेलनको अन्त्यमा ‘अनलाइन घोटालाविरुद्ध ग्लोबल पार्टनरसिप’ नामक नयाँ पहल घोषणा गरिएको हो । सम्मेलनमा थाइल्यान्ड, बङ्गलादेश, नेपाल, पेरु र संयुक्त अरब इमिरेट्सका प्रतिनिधिहरू सहभागी थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)